इच्छाकामना । चितवनको इच्छाकामना ४ कुरिनटारमा ब्रम्हज्ञान राजयोग तनमन धनको रुपान्तरण ध्यान साधना केन्द्र सञ्चालन गरिएको छ ।गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले केन्द्रको समुद्घाटन गर्नुभएको हो ।
केन्द्रको समुद्घाटन गर्नुहुदैँ मानसिक तथा शारिरिक रुपमा स्वस्थ्य जीवन जिउन योग ध्यान साधना महत्वपूर्ण हुने भएकाले केन्द्र सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले धन्यावद दिनुभयो । साथै उहाँले यस महत्वपूर्ण कार्यका लागि गाउँपालिकाले आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मानिसको तन–मन–धनको रुपान्तरणको लागि जागरण अभियान कार्यक्रम अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारको लुम्बिनी विकास बैँकको ठिक पछाडी रहेको भवनमा ध्यान साधना केन्द्र सञ्चानलनमा ल्याएको केन्द्रका सञ्चालक रामनाथ त्रिपाठीले बताउनभयो ।ध्यान साधनाले मानसिकरुपमा स्वस्थता र योगाले शरिरमा उर्जा र प्रणायमले स्वासप्रश्वास प्रणालीमा सुधार आउने उहाँको भनाई छ ।
केन्द्र हरेक दिन विहान ५ बजेदेखि ७ बजे सम्म नियमित रुपमा योगा तथा ध्यान साधना हुने छ । गुरु निजानन्दको संरक्षक्तवमा स्थापना भएको यस केन्द्रमा नाम दर्ता गराई तोकिएको समयमा उपस्थित भई सहभागिता जनाउन सकिने छ ।
कार्यक्रममा उक्त केन्द्रमा योग तथा साधना गर्दै आउनुभएका सिता त्रिपाठीले यहाँ योेगा ध्यान तथा साधना गरेपछि आफुमा मानसिक तथा शारिरिक रुपमा सुधार भएको बताउनुभयो ।उहाँले शारिरिक तथा मानसिक रुपमा स्वस्थ बन्नका लागि योगा तथा ध्यान साधनामा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, सर्वशान्ति मावि व्यवस्थापन समितिका अध्यक्ष बलराम सिलवाल लगायतको उपस्थिति रहनुभएको थियो ।
राधा त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम रामनाथ त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको थियो भने रामजी त्रिपाठीले सञ्चालन गर्नुभएको थियो ।