Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार

फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार

images

इच्छाकामना न्युज

२८, बैशाख २०८२
फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार
images

काठमाडौँ, २८ वैशाख । पोखरास्थित फेवातालमा बोटिङ्ग गर्ने क्रममा हावाहुरीका कारण फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

शनिबार दिउँसो करिब ४:४५ बजे लेकसाइड क्षेत्रमा अचानक आएको हावाहुरीसँगै उठेको छालले काठको डुङ्गामा सयर गरिरहेका दुई जनालाई तालको बिचमै अलपत्र पारेको थियो ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मण गुरुङ र विजय गुरुङ फेवातालमा बोटिङ गर्दै गर्दा घटनामा परेका थिए।

उनीहरूको उद्धार सशस्त्र प्रहरी बल नेपाल, नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले मोटर बोटको सहयोगमा गरेको हो । टोलीले फेवाताल रेस्क्यू टावरबाट उद्धार कार्य सञ्चालन गरेको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरीले हाल हावाहुरीको मौसम रहेकाले विशेषगरी साँझपख तालमा बोटिङ गर्दा अत्यधिक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - ०८:५३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology