Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लेवाटारमा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सुरु

लेवाटारमा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सुरु

images

इच्छाकामना न्युज

२८, बैशाख २०८२
लेवाटारमा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सुरु
images

इच्छाकामना ।  चितवनको इच्छाकामना गाउँपालिका  ४ स्थित लेवाटारमा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सुरु भएको छ । इच्छाकामना वडा नम्बर ४को आयोजनामा महिलाहरुका लागि आइतबारदेखि तालिम सुरु भएको हो । 
तालिमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  दान बहादुर गुरुङले उद्घाटन गर्नुभयो ।कार्यक्रममा वडासचिव वालकृष्ण भण्डारी,सामाजिक शाखाकी पार्वती मगराती र लेखा शाखाकी विपना सुर्यवंशी लगायतको आतिथ्यता रहनुभएको थियो । वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको अध्यक्षतामा समुद्घाटन सम्पन्न भएको हो । 
लेवाटारको एकिकृत सामुदायिक भवनमा  ३० गते सम्म तीन दिन चल्ने तालिमको सामुदायिक रेडियो इच्छाकामना एफएमले सहजीकरण गरेका हुन् । तालिममा १५ जना को सहभागिता रहेको छ । 

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - २१:२९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology