Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गोरखा । गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

images

गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (सकार)को अध्यक्षतामा गाउँपालिकाको कार्यालय परिसरस्थित सभा हल, तोमनडाँडामा सार्वजनिक सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाले आर्जन गरेका आम्दानी, खर्चको विवरण तथा हालसम्म सम्पन्न कार्यक्रमहरूको प्रगति सार्वजनिक गरिएको थियो।

सार्वजनिक सुनुवाईमा सहभागीहरुबाट आएका जिज्ञासा तथा प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना ,उपाध्यक्ष ललिता अधिकारी वडाध्यक्ष तथा गाउँपालिका मातहतका विभिन्न शाखा प्रमुखहरुले दिएका थिए ।

साथै सामाजिक सञ्जालमार्फत प्राप्त जिज्ञासा तथा जनगुनासाहरूलाई समेत समेट्दै सम्बन्धित विषयमा स्पष्टिकरण दिएका थिए । गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा तथा योजना तथा कार्यक्रम प्रति सेवाग्राहीबाट पृष्ठपोषण लिने उदेश्यले सार्वजनिक सुनाई गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि लगायत गाउँपालिकाका स्थानीयहरुको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - ००:३९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology