Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कीर्ते कागजात बनाउने कारखानाकी सञ्चालक गोरखाकी एक महिला पक्राउ

कीर्ते कागजात बनाउने कारखानाकी सञ्चालक गोरखाकी एक महिला पक्राउ

कीर्ते कागजात बनाउने कारखानाकी सञ्चालक गोरखाकी एक महिला पक्राउ

गोरखा । काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा छापा मारेर प्रहरीले सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

images

पक्राउ पर्नेमा सञ्चालक गोरखा भीमसेन थापा गाउँपालिका-१ की अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री छन् ।

तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरी नक्कली बनाउने गरेको अखडामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार छापा मारेको हो ।

पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात कीर्ते गरी नक्कल बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनले फुटुङमै कोठा भाडामा लिएर नक्कली कागजात इडिट तथा डिजाइन गर्नका लागि दुई जनालाई मासिक क्रमश १० हजार र १५ हजार रुपैयाँ दिएर काम लगाउने गरेको पनि खुलेको प्रहरीको भनाइ छ । उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ ।

त्यस्तै बैंकबाट ऋण लिने प्रयोजनका लागि जग्गाधनी पूर्जा बनाइदिने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यस्तै जापानमा विद्यार्थी भिसामा जानेहरूका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाउने गरेको पनि खुलेको छ । त्यस्तै विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका छाप आवश्यकताअनुसार उपलब्ध गराउने गरेको पनि खुलेको छ ।

जापानलगायत देशहरूमा श्रमिक भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभवको पत्रसमेत बनाउने गरेको पनि पाइएको छ । विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पीआर तथा ग्रीन कार्डका लागि आवेदन गर्न नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलंगा र वीर अस्पताललगायतको मेडिकल कार्ड बनाउने गरेको खुलेको छ ।

त्यस्तै भिसा प्रयोजनका लागि क वर्गका बैंकको नक्कली स्टेटमेन्टसमेत बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - ००:४२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology