Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पृथ्वी राजमार्ग विस्तार : पूर्वी खण्डको काम अन्तिम चरणमा

पृथ्वी राजमार्ग विस्तार : पूर्वी खण्डको काम अन्तिम चरणमा

images
पृथ्वी राजमार्ग विस्तार : पूर्वी खण्डको काम अन्तिम चरणमा
images

तनहुँ, जेठ २ गते । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा अन्तर्गत पूर्वीखण्डको काम अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा पुगेसँगै अधिकांश भागमा कालोपत्रे भएकाले यस खण्डको यात्रा सहज भएको छ । निर्माणको चरणमा पानी पर्दा हिलो तथा सुक्खा हुँदाको धुलोलाई बिर्साउँदै सहज यात्रा गर्न पाउँदा स्थानीय र यात्रु खुसी भएका छन् । 

व्यास नगरपालिका–२, सुनचाँदी लाइन, दमौली निवासी शिवहरि धितालले यात्रा सहज हुँदा खुसी लागेको बताउनुभयो । दमौलीमा काम ढिलो सुरु गरिएकाले धुलोले धेरै प्रभावित हुनु परे पनि हाल कामले गति लिँदा खुसी लागेको उहाँको भनाइ छ । पूर्वीखण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दुरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी रहेकाले यात्रा सहज भएको हो । असार महिनाभित्रै कालोपत्रे गरिसक्ने तयारी साथ काम भइरहेको र तीन किलोमिटर मात्रै कालोपत्रको काम बाँकी रहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

निर्माण गर्ने ठेकेदारको म्याद जेठ २९ सम्म रहेकामा त्यस अवधिभित्रै काम सम्पन्न गर्ने गरी काम भइरहेको पाण्डेले बताउनुभयो । तनहुँको सदरमुकाम दमौली बजारको एक हजार आठ सय मिटर, बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजारनजिक तीन सय मिटर र सोही गाउँपालिकाको विमलनगरमा सात सय मिटर खण्ड मात्रै कालोपत्रे गर्न बाँकी रहेको पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार दमौली बजार अन्तर्गत बागबजार र मुख्य चोकमा कालोपत्रे भइसकेको छ । पूर्वी खण्डका कालोपत्रे सकिएका ठाउँमा सडक मार्किङ गर्ने काम पनि भइरहेको छ ।

पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ देखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । 

योजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको प्रगति कमजोर छ । पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति ५२ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - ०८:२८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology