चितवन । चितवनको कालिका नगरपालिका वडा नं–१० स्थित सिद्धी छात्रावासमा खाद्यान्न र स्टेशनरीको सहयोग गरिएको छ।
१७ औं वार्षिकोत्सवको अवसर पारेर सेन्ट्रल कलेज र वाइबी फाउण्डेशनले छात्रावासमा आश्रित चेपाङ समुदायका बालबालिकाहरूको शैक्षिक उन्नति र जीवनयापनका लागि उक्त सहयोग प्रदान गरेको हो।
वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा सेन्ट्रल कलेजका प्रमुख, वाइबी फाउण्डेशनका प्रतिनिधि, र अन्य समाजसेवीहरूले बालबालिकालाई खाद्यान्न र स्टेशनरी सामग्री हस्तान्तरण गरे।
यस सहयोगले चेपाङ बालबालिकाहरूको शिक्षा र विकासमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।
समाजका विभिन्न संघ संस्थाले यस्तो सहयोगलाई सराहना गर्दै, यसलाई भविष्यमा पनि निरन्तरता दिनु पर्ने आवश्यकता औंल्याएका छन्।