Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

इजरायली हमलामा गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो

इजरायली हमलामा गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो

images
इजरायली हमलामा गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
images

गाजा । इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नाघेको छ । आफ्ना बन्दी छुटाउन र हमासलाई पत्ता साफ गर्ने उद्देश्यसहित इजरायलले ७ अक्टोबर २०२३ देखि शुरू गरेको युद्दको नाममा ५३ हजार बढी निर्दोष प्यालेस्टाइनीको हत्या गरिएको हो ।

इजरायलले एन्क्लेभको विजय योजना अनुसार आफ्नो बमबारीलाई तीव्र पार्दा गाजामा हवाई आक्रमणमा हिजो मात्रै पनि सयौं मानिसहरूको मृत्यु भएको बताइएको छ। गाजाको सिभिल डिफेन्स एजेन्सीले रातभर इजरायली हमलामा कम्तिमा ५० जनाको मृत्यु भएको र अघिल्लो दिन १४३ जना मारिएको जानकारी दिएको छ ।

त्यसको प्रतिक्रियामा हमासले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई ‘बर्बरिक’ भन्दै जवाफदेही बनाउन आह्वान गरेको छ। इजरायली सेनाले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन ।

 यस हप्ताको सुरुमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा शासन गर्ने प्यालेस्टिनी सशस्त्र समूह हमासलाई नष्ट गर्ने आफ्नो लक्ष्यको पछ्याउँदै प्रतिज्ञा गरेका थिए । जस पछि थप हवाई र स्थल हमला तिब्र पारिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नो भ्रमण पूरा नगरेसम्म हमासले बाँकी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गर्न असफल भएमा नेतन्याहूले गत हप्ता सैन्य अभियान तीव्र पारिने घोषणा गरे पछि यो तिब्रता आएको हो ।

पछिल्लो तथ्यांक अनुसार गाजामा इजरायलको युद्धमा कम्तीमा ५३ हजार १० प्यालेस्टिनी मारिएका छन्  भने १ लाख १९ हजार९ सय १९ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा जनाइएको  छ। 

तर स्ट्रिपको सरकारी मिडिया कार्यालयले आफ्नो मृत्युको संख्या ६१ हजार ७ सय भन्दा बढीमा अद्यावधिक गरेको छ , उसको तर्क छ अझै पनि हजारौं प्यालेस्टाइनी ग्नावशेषमुनि हराइरहेकाले अन्य हजारौंको मृत्यु भएको अनुमान गरिएको छ। 

 अक्टोबर ७, २०२३ मा इजरायलमाथी हमासले गरेको आक्रमण पछि यो युद्ध सुरु भएको हो, जसमा लगभग १२ सय इजरायलीहरू मारिएका थिए भने लगभग २५४ लाई बन्दी बनाइएको थियो।

images
प्रकाशित मिति :जेठ ३, २०८२ शनिवार - ०९:३३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology