Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चितवनमा शनिबारदेखि आइतबार बिहानसम्म आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

चितवनमा शनिबारदेखि आइतबार बिहानसम्म आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

images
चितवनमा शनिबारदेखि आइतबार बिहानसम्म आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
images

चितवन । जिल्लाका विभिन्न ठाउँमा शनिबार मध्याह्नदेखि आइतबार बिहान सबेरैसम्म आठ ठाउँमा भएको मोटरसाइकल तथा स्कुटर दुर्घटनामा एक जनाको निधन भएको छ । आठ दुर्घटनामध्ये चार ठाउँमा मोटरसाइकल अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल दुर्घटनामा परेर पर्सा ठोरी गाउँपालिका–१ का ५५ वर्षका गमबहादुर कुँवरको निधन भएको छ । काम विशेषले भरतपुर आएर फर्कँदै गरेका कुँवरले चलाएको बा प्र ०३–००३ प २०७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार मध्याह्न १२ बजेर ४० मिनेट जाँदा भरतपुर महानगरपालिका–१४ नमस्ते चोकको बाटो छेउको पोलमा ठोक्किएको डिएसपी खनालले बताए । सख्त घाइते भएका कुँवरको भरतपुरको सरकारी अस्पतालमा उपचारका क्रममा दिउँसो पौने दुई बजेतिर निधन भएको डिएसपी खनालले जानकारी दिए ।

डिएसपी खनालका अनुसार गएराति सवा दुई बजेतिर नारायणगढ लायन्स चोकमा पनि बा प्र ०६–००५ प ०१३२ नम्बरको मोटरसाइकल पनि आफैं अनियन्त्रित भएर पल्टेको छ । मोटरसाइकल पल्टँदा चालक भरतपुर महानगरपालिका–२३ का ३० वर्षीय प्रशान्त घतानेको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डिएसपी खनालले बताए ।

भरतपुर–२५ बसकठ्ठामा पनि प्रदेश ३–०३–००१ प ९२०२ नम्बरको मोटरसाइकल आज आइतबार बिहान सबेरै सवा पाँच बजे अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जनाएको छ । मध्यम अवस्थामा रहेका घाइते मोटरसाइकल चालकको नाम ठेगना खुलेको छैन ।

त्यसैगरी, हिजो शनिबार राति आठ बजे रत्ननगर नगरपालिका–८ चित्रसारीमा बा प्र ०६–००३ प ३८३७ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भएर पल्टेको डिएसपी खनालले बताए । उक्त मोटरसाइकलका चालक रत्ननगर–९ का एकिन राउतको टाउको र अनुहारमा चोट छ । उनको अवस्था मध्यम छ ।

शनिबार साँझ साढे आठ बजे राप्ती नगरपालिका–४ मा प्रदेश २–०३–०१७ प ४८९५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । पैदलयात्री राप्ती–५ का राजन पुडासैनी र मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का रमेश महतोको अवस्था मध्यम छ ।

त्यसैगरी हिजै साँझ साढे ६ बजे भरतपुर महानगरपालिका–११ भोजाड चोकमा ना ४३ प ८१९१ नम्बरको मोटरसाइकल लत्रिएको इन्टरनेटको तारमा अल्झेर पल्टेको छ । घाँटीमा चोट लागेका भोजाड घर भएका मोटरसाइकल चालक विशाल गुरूङको अवस्था मध्यम छ ।

हिजै साँझ पौने सात बजेतिर भरतपुर महानगरपालिका–५ मा बस्दै आएका भारतीय नागरिक २७ वर्षीय जसपाल सहनीले चलाएको बा ५२ प ७२३१ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–३ मा ना १ ज ८७३० नम्बरको म्याजिक भ्यानसँग ठोक्किएको थियो । घाइते सहनीको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

हिजो शनिबार दिउँसो एक बजे भरतपुर महानगरपालिका–१ हरिहर मार्गमा बा प्र ६–००३ प ९६२१ नम्बरको इलेक्ट्रिक स्कुटरले बुटवल घर भइ हरिहरमार्गमा बस्दै आएकी कविता सुनुवारकी तीन वर्षकी छोरीलाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । टाउकामा चोट लागेकी बालिकाको अवस्था मध्यम रहेको डिएसपी रवीन्द्र खनालले बताए ।

images
प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १६:४२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology