Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

गोहीले खाएको अवस्थामा महिलाको शव फेला

गोहीले खाएको अवस्थामा महिलाको शव फेला

images
गोहीले खाएको अवस्थामा महिलाको शव फेला
images

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र नारायणी नदीको किनारमा महिलाको शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २८ मा पर्ने नारायणी नदीमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाएको अवस्थामा हिजो साँझ पानीमा फेला परेको हो।  

शव रहेको सूचना प्राप्त हुँदा साथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरेको चितवन प्रहरीले जानकारी दिएको छ। अहिलेसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

पोष्टमार्टमका लागि शवलाई मध्यबिन्दु अस्पताल पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।

images
प्रकाशित मिति :जेठ ५, २०८२ सोमवार - ०८:१७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology