Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कार्बन उत्सर्जन बापतको रकम उपभोक्तालाई विशेष कार्यक्रमका लागि दिइने 

कार्बन उत्सर्जन बापतको रकम उपभोक्तालाई विशेष कार्यक्रमका लागि दिइने 

सिआईएन

१५, फाल्गुण २०७७
कार्बन उत्सर्जन बापतको रकम उपभोक्तालाई विशेष कार्यक्रमका लागि दिइने 

काठमाण्डौ, १५ फागुन । सरकारले कार्बन उत्सर्जनबापत पाएको रकम उपभोक्तालाई नै विशेष कार्यक्रममार्फत् दिने भएको छ । विश्व बैंक र सरकारबीच ४५ मिलियन अमेरिकी डलर अर्थात् करीब ५ अर्ब रुपैयाँ बराबरको कार्बन उत्सर्जन कटौती सम्बन्धी खरिद सम्झौता भएको छ । सम्झौतासँगै विश्व बैंकको वन कार्बन साझेदारी सहयोग (एफसीपीएफ) अभियानमा नेपाल समेत सहभागी भएको छ । 
गत बुधबार भएको सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदद जोर्भोसले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार रकम नेपालले सन् २०२५ भित्र प्राप्त गरिसक्ने छ । सम्झौता अनुसार यो अवधिमा नेपालले तराई क्षेत्रबाट करीब ९० लाख टन कार्बनडाइअक्साइड कटौती गर्ने अपेक्षा गरिएको छ । 
कार्वन उत्सर्जन गरेबापत प्राप्त हुने रकम वन उपभोक्ताहरुले नैं पाउने वन तथा वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले सीआईएनलाई जानकारी दिनुभयो । सोझै रकम नभइ वन व्यवस्थापन तथा रोजगारी श्रृजन ागर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । तराई क्षेत्रमा वन फँडानी कम गर्दै वनले ढाकेको क्षेत्रफल बिस्तारमा समेत यो रकम खर्च हुनेछ । 
तीब्र सहरीकरण, बढ्दो जनसंख्या, औद्योगिक विकास, पूर्वाधार निर्माणजस्ता कारणले तराई भेगमा वन तथा वातावरण संरक्षण चूनौतीपूर्ण बन्दै गएको छ । वन क्षेत्रले ओगटेको २० प्रतिशत भुभागमा वन संरक्षणको काममा समेत यो कार्यक्रम आकषिर्त हुनेछ ।

images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०९:२४:५२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology