Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस

images
चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस
images

चितवन, जेठ ६ । चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय भएको छ ।

मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकावालाले सर्वसम्मत निर्णय गरी बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रममा समावेश गर्न सिफारिस गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला मध्ये चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला हो । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु यहाँ आउने गर्दछन् ।

नेपाल सरकारको १०० गन्तव्यमा बिस हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने बागमती प्रदेश सरकारको एक जिल्ला एक उत्कृष्ट गन्तव्यमा समावेश मेघौली चितवनमै पर्छ । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले चितवनलाई पर्यटकीय राजधानी बनाउनमा पनि जोड दिनुभयो ।

पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानी लागि प्राकृति, साँस्कृति, धार्मिक र साहासिक पर्यटकीय गन्तव्यहरु, सहज पहुँच, प्रयाप्त आवस सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधारहरु भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको जानकारी दिनुभयो ।

यस्तै चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष प्रकाश ढुङ्गनाले जिल्लाको पर्यटन चितवन राष्ट्रिय निकुञ्जमा आधारित भएकाले यसको संरक्षण एवम् प्रर्वद्धनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर भ्रमण वर्ष २०२४ जस्ता बृहत प्रर्वद्धनात्मक अभियानले समग्र क्षेत्रमा सकारात्मक आर्थिक प्रभाव परेकाले राजधानी घोषणाले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय प्रमुख अधिकारीले बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका कार्यबाहक अध्यक्ष अशोक अधिकारी, रत्ननगर नगरपालिका पर्यटन विज्ञ भेषराज दवाडी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले पर्यटकीय राजधानी घोषण गर्ने विषयमा दुई मत नरहेको उल्लेख गर्नुभयो ।

पर्यटन विज्ञ सुवेदीका अनुसार चितवनको पर्यटन क्षेत्रमा ५० अर्ब बढी लगानी भईसकेको छ भने ठुला–ठुला पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । यस्तै जिल्लामा १५ हजारको बेड क्षमता रहेको छ भने ६० वटा भन्दा बढी गन्तव्यहरु रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - २२:४८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology