Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमु प्ये ल्हु संघ चितवनद्वारा ‘क्होइबो’ निर्माणार्थ आर्थिक संकलन अभियान सुरु

तमु प्ये ल्हु संघ चितवनद्वारा ‘क्होइबो’ निर्माणार्थ आर्थिक संकलन अभियान सुरु

तमु प्ये ल्हु संघ चितवनद्वारा ‘क्होइबो’ निर्माणार्थ आर्थिक संकलन अभियान सुरु

चितवन, जेठ ७ – तमु समुदायको मौलिक धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा सम्बर्द्धनका लागि क्रियाशील संस्था तमु प्ये ल्हु संघ चितवनले ‘क्होइबो’ निर्माण गर्न जमिन खरिदको लागि आर्थिक संकलन अभियान सुरु गरेको छ।

images

संघले क्होइबोलाई तमु समुदायको आस्था र विश्वासको धरोहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

यसै सन्दर्भमा, संघले जेठ ६ गते मंगलबार आर्थिक संकलनको विशेष कार्यक्रमको आयोजना गरेको थियोे।

संघका पदाधिकारीहरूका अनुसार, यो अभियानमा देश–विदेशमा रहेका तमु समुदायका सदस्यहरूबाट सहकार्य र सहयोगको अपेक्षा गरिएको छ। “हाम्रो धर्म, संस्कृति र पहिचान जोगाउन सामूहिक प्रयास आवश्यक छ,” एक पदाधिकारीले बताए।

तमु प्ये ल्हु संघ चितवनले सबैमा आर्थिक तथा नैतिक सहयोगको आग्रह गर्दै अभियानमा सक्रिय सहभागी बन्न आह्वान गरेको छ।

images
प्रकाशित मिति :जेठ ७, २०८२ बुधवार - २३:२५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology