Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

निर्माणधिन इच्छाकामना आधारभूत अस्पताल भवनको निरीक्षण

निर्माणधिन इच्छाकामना आधारभूत अस्पताल भवनको निरीक्षण

निर्माणधिन इच्छाकामना आधारभूत अस्पताल भवनको निरीक्षण

इच्छाकामना, जेठ ७ – चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत निर्माणाधीन आधारभूत अस्पताल भवनको आज निरीक्षण गरिएको छ ।

images

आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र बस्नेत, वडा अध्यक्ष रुद्र उप्रेती, तेज बहादुर शेरचन लगाएतको टोलिले निरीक्षण गरेका छन।

निरीक्षणका क्रममा अध्यक्ष गुरुङले निर्माण स्थलमा पुगेर कार्य प्रगति, गुणस्तर र समयसीमाका विषयमा प्राविधिक टोलीसँग जानकारी लिनुभएको थियो।

उहाँले अस्पताल भवन समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ।

अध्यक्ष गुरुङले भने, “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। अस्पताल भवन निर्माण समयमा र गुणस्तरयुक्त रूपमा सम्पन्न गर्न हामी पूर्ण प्रतिबद्ध छौं।”

स्थानीयबासीहरू पनि अस्पताल निर्माणप्रति आशावादी देखिएका छन्। उक्त अस्पताल सञ्चालनमा आएपछि गाउँपालिका क्षेत्रका सर्वसाधारणले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। गाउँपालिकाले अस्पताल भवन निर्माणलाई उच्च प्राथमिकतामा राख्दै नियमित अनुगमन गरिरहेको छ।

images
प्रकाशित मिति :जेठ ७, २०८२ बुधवार - २३:४०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology