Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

त्रिशूली नदीमा जाँडको झोल मिसाइएको खुलासा, वातावरण मन्त्रालयको टोलीद्वारा अनुगमन

त्रिशूली नदीमा जाँडको झोल मिसाइएको खुलासा, वातावरण मन्त्रालयको टोलीद्वारा अनुगमन

images
त्रिशूली नदीमा जाँडको झोल मिसाइएको खुलासा, वातावरण मन्त्रालयको टोलीद्वारा अनुगमन
images

इच्छाकामना, २०८२ जेठ ७ – चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा अवस्थित बाह्रसिङ्गै बियर फ्र्याक्ट्रीले उत्पादनपछि बाँकी रहेको अप्रशोधित र दुर्गन्धित जाँडको झोललाई अन्डरग्राउन्ड ह्युमपाइपमार्फत सिधै त्रिशूली नदीमा मिसाएको पत्ता लागेको छ।

उक्त क्रियाकलापले त्रिशूली नदीको स्वच्छता र पवित्रतामा प्रत्यक्ष असर पार्दै आएको भन्दै स्थानीय ५० भन्दा बढी नागरिकले हस्ताक्षरसहितको उजुरी पेश गरेका थिए।

उनीहरूले यस विषयमा लामो समयदेखि गुनासो गर्दै आए पनि स्थानीय निकायबाट कुनै प्रभावकारी कारबाही नभएको आरोप लगाएका छन्।

स्थानीयको निवेदन पश्चात बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय, हेटौंडा मा उजुरी पुगेपछि मन्त्री कृष्णप्रसाद सिलवालको निर्देशनमा तत्काल अनुगमन टोली पठाइएको हो।

अनुगमन टोलीले घटनास्थलमा पुगेर वस्तुस्थितिको अध्ययन गरिरहेको छ। मन्त्री सिलवालले नदीको प्रदूषण नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै दोषीमाथि आवश्यक कारबाही गरिने स्पष्ट पारेका छन्।

स्थानीयवासीले यस्तो प्रदूषणले माछापालन, सिँचाइ, धार्मिक आस्था र जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै स्थायी समाधानको माग गरेका छन्।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - ००:०१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology