Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँका प्रकाश गुरुङद्वारा सगरमाथाको सफल आरोहण, स्थानीय स्तरमा खुसी र गर्वको वातावरण

तनहुँका प्रकाश गुरुङद्वारा सगरमाथाको सफल आरोहण, स्थानीय स्तरमा खुसी र गर्वको वातावरण

तनहुँका प्रकाश गुरुङद्वारा सगरमाथाको सफल आरोहण, स्थानीय स्तरमा खुसी र गर्वको वातावरण
images

तनहुँ, जेठ ७ –तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ निवासी प्रकाश गुरुङले संसारको सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट) को सफल आरोहण गरेका छन्।

images
images

हालै सम्पन्न उक्त आरोहणमार्फत गुरुङले व्यक्तिगत साहसिकताको परिचय मात्र दिएका छैनन्, समग्र तनहुँ जिल्लाको गौरव पनि बढाएका छन्। सगरमाथाको कठिन र चुनौतीपूर्ण यात्रालाई पार गर्दै उनले नेपाल लगायत अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा आफूलाई स्थापित गरेका छन्।

स्थानीय बासिन्दाहरूले प्रकाश गुरुङको सफलताप्रति खुसी र गर्व व्यक्त गर्दै उनलाई बधाई दिएका छन्। गाउँपालिकाका जनप्रतिनिधिहरूले समेत उनको साहसिक यात्रालाई प्रेरणादायी भन्दै सम्मान समेत गरिसकेका छन्।

सगरमाथा आरोहण नेपालको पहिचान र गौरवसँग जोडिएको विषय भएकाले यस्तो उपलब्धिलाई स्थानीय तहमा विशेष महत्वका साथ लिइएको छ।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - ००:१४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology