Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

images
सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति
images

कुरिनटार । सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारीसहित राष्ट्र सेवामा खटिइएको सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त जनशक्तिको उत्पादनमा पनि आफूलाई अब्बल बनाउँदै लगेको छ ।

विपद्मा फसेका नागरिकको उद्धारमा खटिने जनशक्तिलाई तालिम दिलाउन विदेशी मुलुकको भर पर्नुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्दै सशस्त्र प्रहरीले चितवनको कुरिनटारस्थित आफ्नै नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट आफ्ना जनशक्तिलाई विभिन्न तालिम प्रदान गर्दै आइरहेको छ ।

सो शिक्षालयबाट छ हप्ताको गोताखोर तालिम लिएका २० जना सशस्त्र प्रहरी कर्मचारी आज गृहमन्त्री रमेश लेखकबाट प्रमाणपत्र र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट गोताखोर ‘ट्याग’ प्राप्त गरेका छन् । सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक २०६९ सालमा बङ्गलादेशबाट २५ जनाले गोताखोर तालिम प्राप्त गरेका थिए ।

नेपालमा समेत पहिलो पटक २०७६ सालदेखि गोताखोर तालिम दिन सुरू गरिएको हो । सशस्त्र प्रहरी बलमा गोताखोर तालिम प्राप्त जनशक्ति एक सय २८ पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो । गोताखोर तालिम प्राप्त जनशक्ति बढेसँगै पानीजन्य घटना दुर्घटनामा परेका नागरिकको उद्धारमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

गोताखोर तालिम प्राप्त टोली सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ६ महेश्वरी बाहिनी मुख्याल सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा परिचालित छन् ।

त्यसैगरी नं ३ कङ्कालिनीमाई गण मोरङ, नं १७ गण चितवन, नं २४ कालिका गण कास्की, नं २० विपद् उद्धार गण सिनामङ्गल, नं ४२ रिजर्भ गण बाँके र विपद् व्यवस्थापन वेश खुर्कोट सिन्धुलीमा समेत तैनाथ रहेका छन् । सो टोली विपद्मा परेका आम नागरिकहरूको सहयोग तथा उद्धारमा खटिँदै आएका छन् ।रासस

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - ०६:५८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology