Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

लार्भा खोज र नष्ट गर अभियानमा योगदान दिने टोलहरू सम्मानित

लार्भा खोज र नष्ट गर अभियानमा योगदान दिने टोलहरू सम्मानित

लार्भा खोज र नष्ट गर अभियानमा योगदान दिने टोलहरू सम्मानित
images

आँबुखैरेनी (तनहुँ), जेठ ८ । आँबुखैरेनी गाउँपालिकाले डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरिएको ‘लार्भा खोज र नष्ट गर’ अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने दुई टोल सुधार समितिलाई सम्मान गरेको छ।

images
images

गाउँपालिकाले वडा नं. ०३ का नमुना खत्री टोल सुधार समिति, अध्यक्ष नेत्रमान श्रेष्ठ, तथा खानटोक टोल विकास समिति, अध्यक्ष राज कुमार श्रेष्ठ लाई विशेष सम्मान प्रदान गरेको हो।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समितिका अध्यक्षहरूलाई कदर–प्रमाणपत्र, दोसल्ला र प्रोत्साहन पुरस्कार प्रदान गरियो।
कार्यक्रममा बोल्दै अध्यक्ष चुमानले डेंगु नियन्त्रणजस्ता सार्वजनिक स्वास्थ्य अभियानमा टोल सुधार समिति र स्थानीयवासीहरूको सक्रियता अनुकरणीय रहेको बताए।

उनले भने, “स्वास्थ्य सरोकारको काममा जनताको सहभागिता नै दीगो समाधानको आधार हो। यो सम्मान हाम्रो समष्टिगत चेतना र सहकार्यको प्रतीक हो।”

कार्यक्रममा वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रतिनिधि, स्वयंसेवक, टोल सुधार समिति सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।

गाउँपालिकाले अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि “डेँगुमुक्त आँबुखैरेनी” निर्माणमा निरन्तर साथ दिन अनुरोध गरेको छ।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - ०७:२१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology