Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

चट्याङ लागेर इच्छाकामना-१, क्याङसिराङमा एकजनाको मृत्यु

चट्याङ लागेर इच्छाकामना-१, क्याङसिराङमा एकजनाको मृत्यु

images
चट्याङ लागेर इच्छाकामना-१, क्याङसिराङमा  एकजनाको मृत्यु
images

इच्छाकामना । चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पहाडी भेग इच्छाकामना गाउँपालिका-१ क्याङसिराङका ५१ वर्षीय बिरू चेपाङको चट्याङले लागेर मृत्यु भएको हो ।

हिजो बुधबार मध्यान्ह भतिजा दिलबहादुर चेपाङसँग हिँड्दै गरेका बिरूमाथि बाटोमै चट्याङ परेको थियो ।

चट्याङका कारण बिरूको घटनास्थथलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । साथमा रहेका दिलबहादुर चेपाङ सामान्य घाइते भएका छन् ।

मुग्लिनबाट ४५ किलोमिटर मिटर पूर्व दक्षिण दिशामा रहेको घटनास्थलमा प्रहरी हिजो राति नौ बजे पुगेको थियो ।

पोष्टमार्टमका लागि आज बिहान तीन बजेतिर शव भरतपुर अस्पताल ल्याइएको डिएसपी खनाले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - ०७:३३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology