कुरिनटार । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले आफ्नो परिवार समेत बचाउन नसक्नेहरुबाट देश बचाउछ भनेर अपेक्षा गर्न नसकिने बताउनुभएको छ ।
बुधबार कुरिनटारमा सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयले आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोन्धन गर्नुहुदै मन्त्री सिलवालले यस्तो बताउनुभएको हो । सम्बोन्धनकै क्रममा उहाँले पछिल्लो समय एकथरीले फलानो आउँ देश बचाउ भन्दै आफ्नो परिवार बचाउन नसक्ने, आफ्नो सन्तान सुधार्न नसक्नेहरुलाई गुहार मागेको प्रति लक्षित गर्दै उनीहरुबाट देशको प्रगती र उन्नती हुन नसक्ने बताउनुभएको हो ।
'एकथरी फलानो आउ देश बचाउ भन्छन् साच्चै उनीहरुले आफ्नै परिवार जोगाउन र सुधार्न सकेका छैन, त्यस्ताबाट देश बच्ला ?' -उहाँले प्रश्न गर्नुभयो । उहाँले सञ्चारकर्मी लगायत सबैलाई सकारात्मक सन्देश छर्नुपर्ने बताउनुभयो ।
दुई ठुला दलको गठबन्धनबाट बनेको अहिलेको सरकार देशको आवश्यकता भएको बताउनुभयो । देश अप्ठ्यारोमा परेको बेला जहिले पनि कांग्रेस एमाले एक ठाउँमा उभिने गरेको स्मरण गर्दै देशको आवश्यकताको कारण अहिले दुई ठुला दलको गठबन्धनबाट अहिलेको सरकार गठन भएको बताउनुभयो ।