Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पटक–पटक विद्युत अवरुद्ध : सत्रसय बरादीबासी आन्दोलित, विद्युत प्राधिकरणलाई ७ दिने अल्टिमेटम

पटक–पटक विद्युत अवरुद्ध : सत्रसय बरादीबासी आन्दोलित, विद्युत प्राधिकरणलाई ७ दिने अल्टिमेटम

पटक–पटक विद्युत अवरुद्ध : सत्रसय बरादीबासी आन्दोलित, विद्युत प्राधिकरणलाई ७ दिने अल्टिमेटम

आँबुखैरेनी (तनहुँ), जेठ ८ । मर्स्याङ्दी जलविद्युत परियोजनाबाट प्रभावित आँबुखैरेनी गाउँपालिका–१ अन्तर्गतको सत्रसय बरादी क्षेत्रमा लगातार विद्युत आपूर्ति अवरुद्ध हुँदा स्थानीयहरू आक्रोशित भएका छन्।

images

विद्युत आपूर्तिमा देखिएको अनियमितताले उद्योग, कलकारखाना तथा सर्वसाधारण उपभोक्ताहरूलाई गम्भीर असर पुर्‍याएको भन्दै उनीहरूले विद्युत प्राधिकरणलाई ७ दिने अल्टिमेटम दिएका छन्। उनीहरुले नेपाल विद्युत प्राधिकरण आँबुखैरेनी प्रशारण शाखा केन्द्रका प्रमुख राजबिर यादवलाई आज बिहीबार सो अल्टिमेटम पत्र बुझाईएको हो ।

स्थानीय उपभोक्ताहरूले विद्युत प्राधिकरणको आँबुखैरेनीस्थित शाखा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै लोडसेडिङ नहुने गरी विद्युत सेवा नियमित बनाउन माग गरेका छन्। साथै, सत्रसयदेखि डुम्रे सम्म संचालन गर्न लागिएको नयाँ विद्युत प्रसारण लाइनको कार्यले झन समस्या उत्पन्न हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरिएको छ।

“यदि ७ दिनभित्र माग सम्बोधन भएन भने उपभोक्ताहरू बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नेसम्मका कदम चाल्नेछौं,” ज्ञापनपत्रमा उल्लेख छ। स्थानीयहरूले विद्युत सेवा नियमित नहुँदा व्यवसाय, कृषि सिंचाइ, घरेलु उपकरण तथा दैनिक जनजीवन प्रभावित भएको गुनासो गरेका छन्।

विद्युत प्राधिकरणले यस विषयमा चाँडो पहल नगरे समस्या झन जटिल हुने स्थानीयको चेतावनी छ।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - २१:५६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology