मुग्लिङ, ८ जेष्ठ । मुग्लिङ हाईवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाको संयोजकत्वमा इच्छाकामना गाउँपालिकामा ‘One Family One Farm’ (एक परिवार, एक फार्म) कार्यक्रम सम्बन्धी छलफल सम्पन्न भएको छ।
सामूहिक कृषि खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त बैठकमा इच्छाकामनामा कृषि आत्मनिर्भरता, उत्पादन वृद्धिका साथै स्थानीय रोजगारी सिर्जनाका विषयमा व्यापक छलफल गरिएको थियो।
बैठकमा स्थानीय जनप्रतिनिधि, कृषक, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस कार्यक्रमले इच्छाकामनाको कृषि क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममार्फत हरेक परिवारले एउटा उत्पादनमुखी फार्म सञ्चालन गर्ने र त्यसका लागि आवश्यक तालिम, प्रविधि तथा सहुलियतपूर्ण स्रोत साधनको व्यवस्था गरिने जानकारी बैठकमा दिइएको थियो।
बैठकको समापनमा संयोजक लामाले स्थानीय स्तरमै कृषि क्रान्तिको सुरुवात गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबैलाई सहकार्यका लागि आह्वान गर्नुभयो।