Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

पत्रकार महासंघ चितवन शाखाले भाषिक शुद्धता सम्बन्धी तालिम सम्पन्न गर्यो

पत्रकार महासंघ चितवन शाखाले भाषिक शुद्धता सम्बन्धी तालिम सम्पन्न गर्यो

images
पत्रकार महासंघ चितवन शाखाले भाषिक शुद्धता सम्बन्धी तालिम सम्पन्न गर्यो
images

चितवन, ९ जेष्ठ । नेपाल पत्रकार महासंघ चितवन शाखाले भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा 'सञ्चार माध्यममा प्रयोग गरिने भाषिक शुद्धता' सम्बन्धी तालिम सम्पन्न गरेको छ।

तालिममा ईकान्तिपुर डटकमका सम्पादक जनकराज सापकोटा र नेपाली भाषाका विज्ञ प्रा. डा. धनेश्वर भट्टराईले सहभागिहरुलाई भाषिक शुद्धताको महत्त्व र सही प्रयोगका उपायहरूबारे प्रशिक्षण दिएका थिए।

यस तालिममा चितवनका विभिन्न सञ्चार संस्थामा कार्यरत ४० जना पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूले भाषिक शुद्धता कायम राख्दै समाचार लेख्नका लागि आवश्यक उपाय र प्राविधिक जानकारी प्राप्त गरेका थिए। प्रशिक्षणका क्रममा जनकराज सापकोटाले सञ्चार क्षेत्रमा शुद्ध भाषाको प्रयोगको आवश्यकता र यसको सामाजिक प्रभावको बारेमा विचार व्यक्त गर्दै, 'भाषिक शुद्धता भनेको केवल एक शैली होइन, यो पाठकसँगको विश्वसनीयता निर्माण गर्ने मुख्य तत्व हो,' भने।

तालिमको अन्त्यमा, प्रा. डा. धनेश्वर भट्टराईले सही भाषा प्रयोग गर्नका लागि निरन्तर अभ्यास र अपडेटेड जानकारीको आवश्यकता औंल्याए। यो तालिम पत्रकारिता क्षेत्रमा भाषिक स्तरमा सुधार ल्याउनका लागि महत्वपूर्ण कदम भएको सहभागी पत्रकारहरूले बताए।

images
प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - २२:२३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology