धादिङ । बेनीघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एकीकृत पाठ्यक्रम कक्षा १ देखि ३ सम्बन्धी प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबारदेखि सुरु भएको दुईदिने कार्यक्रम शनिबार समापन भएको हो। कार्यक्रममा गाउँपालिकाका स्रोत व्यक्ति रमेश्वर पोखरेल र प्रशिक्षक नवराज पाठकले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणमा शिक्षकहरूको उल्लेख्य सहभागिता रहँदै कार्यक्रम सफल रूपमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
प्रशिक्षकहरूले एकीकृत पाठ्यक्रमको उद्देश्य, संरचना र प्रभावकारी कार्यान्वयनका उपायहरूबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रमले शिक्षकहरूलाई पाठ्यक्रमप्रति स्पष्टता प्रदान गर्नुका साथै कक्षा सञ्चालनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।