Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाद्वारा बाँस तथा फलामजन्य उद्योगमा संलग्न श्रमिकहरूलाई सम्मान

आँबुखैरेनी गाउँपालिकाद्वारा बाँस तथा फलामजन्य उद्योगमा संलग्न श्रमिकहरूलाई सम्मान

इच्छाकामना न्युज

१२, जेठ २०८२
आँबुखैरेनी गाउँपालिकाद्वारा बाँस तथा फलामजन्य उद्योगमा संलग्न श्रमिकहरूलाई सम्मान

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत “श्रमको सम्मान, राष्ट्रको अभियान” कार्यक्रम सम्पन्न गरेको छ।

images

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा औद्योगिक ग्राममा कार्यरत बाँसजन्य तथा फलामजन्य उद्योगमा संलग्न श्रमिकहरूलाई सम्मान गरिएको थियो। श्रमिकहरूको योगदानलाई कदर गर्दै कार्यक्रममार्फत उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष प्रेम बहादुर तमु लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाले आगामी दिनमा पनि श्रमिकहरूको हक, अधिकार तथा सम्मानको पक्षमा यस्ता कार्यक्रम सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

images
प्रकाशित मिति :जेठ १२, २०८२ सोमवार - ०७:३७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology