Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इ.प्र.का. मुग्लिनद्वारा प्रहरी कर्मचारीहरुको लागि ‘पी.टी. रनिङ’ कार्यक्रम संचालन

इ.प्र.का. मुग्लिनद्वारा प्रहरी कर्मचारीहरुको लागि ‘पी.टी. रनिङ’ कार्यक्रम संचालन

इच्छाकामना न्युज

१५, जेठ २०८२
इ.प्र.का. मुग्लिनद्वारा प्रहरी कर्मचारीहरुको लागि ‘पी.टी. रनिङ’ कार्यक्रम संचालन
images

मुग्लिन, १५ जेष्ठ । इलाका प्रहरी कार्यालय मुग्लिनको आयोजनामा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको लागि ‘पी.टी. रनिङ’ कार्यक्रम संचालन गरिएको छ ।

images
images

शारीरिक रूपमा चुस्त-दुरुस्त र मानसिक रूपमा सचेत राख्ने उद्देश्यका साथ ‘पी.टी. रनिङ’ तथा विभिन्न शारीरिक र मानसिक क्रियाकलापहरू संचालन गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य आपसी समन्वय, टिम स्पिरिटको विकास, र शारीरिक तथा मानसिक चुनौतीहरूका साथ जुझ्ने क्षमतालाई अझ सुदृढ बनाउनु हो।

प्रहरी कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्यको ध्यान राख्दै यस्ता क्रियाकलापहरूको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

कार्यक्रममा विभिन्न शारीरिक अभ्यासहरू र मानसिक तयारीका लागि चुनौतीपूर्ण गतिविधिहरू समावेश गरिएको थियो, जसले प्रहरी कर्मचारीहरूलाई दिनहुँको कार्यसम्पादनमा थप सुदृढ र सक्षम बनाउने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :जेठ १५, २०८२ बिहिवार - २३:१६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology