Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

बङ्गलादेशमा हसिनाविरुद्ध न्यायाधिकरणमा आजदेखि सुनुवाइ, प्रत्यक्ष प्रसारण गरिने

बङ्गलादेशमा हसिनाविरुद्ध न्यायाधिकरणमा आजदेखि सुनुवाइ, प्रत्यक्ष प्रसारण गरिने

images

इच्छाकामना न्युज

१८, जेठ २०८२
बङ्गलादेशमा हसिनाविरुद्ध न्यायाधिकरणमा आजदेखि सुनुवाइ, प्रत्यक्ष प्रसारण गरिने
images

काठमाडौं । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजदेखि मानवताविरुद्धको अपराधको मुद्दामा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको आरोपको सुनुवाइ गर्ने निर्णय गरेको छ । यो सुनुवाइ देशको इतिहासमा पहिलो पटक राज्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।

गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विशाल विरोध प्रदर्शनपछि सत्ताबाट हटाइएकी हसिनाले धेरै मुद्दाहरूको सामना गरिरहेकी छिन्, जसको सुनुवाइ अहिलेसम्म क्यामेराबाट टाढा राखिएको छ । न्यायाधिकरणको यो निर्णयले यो परम्परा तोड्ने छ । फेब्रुअरी १८ म तीन सदस्यीय न्यायाधिकरणले हसिनाविरुद्धको अनुसन्धान अप्रिलसम्ममा पूरा गर्न आदेश दिएको थियो ।

राज्य समाचार एजेन्सी बीएसएसका अनुसार अभियोजन पक्षले जुलाई–अगस्ट २०२४ मा भएको जनविद्रोहको क्रममा मानवताविरुद्धको अपराधको आरोप आज न्यायाधिकरणमा पेस गर्नेछ । विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि हसिनाको अवामी लिग सरकार अगस्ट ५, २०२४ मा अपदस्थ गरिएको थियो । न्यायाधिकरणले हसिनाविरुद्ध पहिले नै पक्राउ पुर्जी जारी गरिसकेको छ, जबकि अन्तरिम सरकारले उनको सुपुर्दगीको लागि भारतलाई कूटनीतिक नोटसमेत पठाएको छ ।

जुलाई–अगस्ट २०२४ को हिंसामा सयौं मानिसहरूको मृत्यु भएपछि हसिना सरकारका अधिकांश वरिष्ठ नेताहरूलाई पक्राउ गरिएको थियो । संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टअनुसार गत वर्ष जुलाई १५ देखि अगस्ट १५ सम्म लगभग १४ सय मानिसहरू मारिएका थिए ।

images
प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - ०८:३६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology