Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चन्द्रागिरिमा बाइक दुर्घटना हुँदा ३६ वर्षीया महिलाको मृत्यु, चालक घाइते

चन्द्रागिरिमा बाइक दुर्घटना हुँदा ३६ वर्षीया महिलाको मृत्यु, चालक घाइते

images

इच्छाकामना न्युज

१८, जेठ २०८२
चन्द्रागिरिमा बाइक दुर्घटना हुँदा ३६ वर्षीया महिलाको मृत्यु, चालक घाइते
images

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ भने चालक घाइते भएका छन् ।

शनिबार बेलुकी करिब पौने ८ बजे मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएकी नुवाकोटको ककनी-१ निवासी ३६ वर्षीया सुनिता बलामीको उपचारका क्रममा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा मृत्यु भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

उनी मोटरसाइकलको पछाडिको सिटमा सवार थिइन् । सोही दुर्घटनामा चालक मानबहादुर बलामी पनि घाइते भएका छन् । उनी पनि ककनी-१ का बासिन्दा हुन् र हाल एपीएफ अस्पतालमै उपचाररत छन् ।

मोटरसाइकल भने थानकोट प्रहरी वृत्तको नियन्त्रणमा रहेको जनाइएको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - ०८:५२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology