Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आईपीएल उपाधि जितेको जुलुसमा ११ जनाको मृत्यु, राज्य सरकारको लापरबाही: विपक्षी

आईपीएल उपाधि जितेको जुलुसमा ११ जनाको मृत्यु, राज्य सरकारको लापरबाही: विपक्षी

इच्छाकामना न्युज

२२, जेठ २०८२
आईपीएल उपाधि जितेको जुलुसमा ११ जनाको मृत्यु, राज्य सरकारको लापरबाही: विपक्षी
काठमाडौँ । बुधबार बेंगलुरुको चिन्नास्वामी रंगशालाबाहिर भागदौड हुँदा ११ जनाको मृत्यु कर्नाटक राज्य सरकारको लापरबाहीका कारण भएको आरोप त्यहाँको विपक्षीले लगाएको छ।

कर्नाटकका पूर्वमुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का सांसद बसवराज बोम्मईले पत्रकारहरूसँग कुरा गर्दै राज्य सरकारको लापरबाहीका कारण त्यस्तो दुर्घटना भएको आरोप लगाएको हुन्। उनले उक्त घटना अनुसन्धान गर्न माग पनि गरेका छन्।

images

उनले भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण घटना हो। गैरजिम्मेवार सरकारका कारण ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।"

कर्नाटकको वर्तमान सरकारलाई 'अहंकारी' भएको आरोप लगाउँदै सांसद बोम्मईले थपे, ‘उनीहरूमा मानवता छैन। हामी माग गर्छौं- यो घटनाको उच्च अदालतको बहालवाला न्यायाधीशद्वारा अनुसन्धान गरियोस्, जसमा यो घटनाको योजना बनाउने र अनुमति दिनेहरूलाई सोधपुछ गरिनुपर्छ।’

उता कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले भने भाजपाले दुर्घटनामा राजनीति गरिरहेको आरोप लगाएका छन्।

उनले भने, ‘यस्तो हुनुहुँदैनथ्यो र हामीले यति ठूलो भीडको अपेक्षा गरेका थिएनौँ। रंगशालामा ३५ हजार क्षमता छ तर त्यहाँ ३ लाखभन्दा बढी मानिस थिए।’

उपमुख्यमन्त्रीले अगाडि भने, ‘हामी यस घटनाका लागि माफी चाहन्छौँ, तर हामी अझै पनि तथ्य जान्न चाहन्छौँ।’

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको हो।

कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धरामय्याले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन घोषणा गरेका छन् भने घाइतेहरूको उपचार नि:शुल्क गरिदिने बताएका छन्। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - ०९:१८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology