Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चितवनका किसानले केराको बिमा रकम पाएनन्

चितवनका किसानले केराको बिमा रकम पाएनन्

images

इच्छाकामना न्युज

२३, जेठ २०८२
चितवनका किसानले केराको बिमा रकम पाएनन्
images

चितवन । यस वर्ष आएको हावाहुरीले चितवनको केरा बालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीले केरा खेतीमा चार करोड रुपियाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक विवरण रहेको चितवन केरा उत्पादन सङ्घका अध्यक्ष घननाथ महतोले जानकारी दिए । केरा किसानलाई यस्तो समस्या यस वर्षमात्र परेको होइन । गत वर्ष पनि यस्तै क्षति हुँदा बिमाले कृषकलाई राहत दिने भनिए पनि बिमा रकम पाउन सकेका छैनन् ।

सङ्घका अध्यक्ष महतोका अनुसार जिल्लामा तीन हजार बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएकामा ३० प्रतिशत केराको बोट हुरीले लडाएर काम नलाग्ने बनाएको छ । जिल्लाका विभिन्न स्थानलाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय चितवनले केरा जोन क्षेत्र अन्तर्गत कार्यक्रम गर्दै आएको छ । उक्त कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले केरा सुपर जोन अन्तर्गत मात्रै एक हजार ८५० हेक्टरमा खेती हुँदै आएको बताए ।

जोन क्षेत्रमा लगाइएको केरा खेतीमा मलभोग प्रजातिको केरामा धेरै र हरियो जातका केरा जी नाइनमा कम क्षति भएको छ । जोन अन्तर्गतका केरा बालीमा करिब ३० प्रतिशत लडाएर काम नलाग्ने गरी नोक्सान भएको छ ।

जोन क्षेत्रका केरा उत्पादक विष्णुहरि पन्तले भने गत वर्षको तुलनामा यस वर्ष केही कम नोक्सान पुगेको बताए । क्षतिको विवरण बिमा कम्पनीले लिँदै गरेको जानकारी दिए ।

बिमा कम्पनीले गत वर्ष क्षति भएको रकम नदिएको सङ्घका अध्यक्ष महतोले जानकारी दिए । गत वर्षको क्षतिको चार करोड रुपियाँ पाउन धेरै पटक पहल गर्दासमेत कम्पनीले दिन नमानेको र सरकारले बजेट नदिएका कारण दिन नसकिएको जानकारी दिने गरेको अध्यक्ष महतोले बताए । केराको प्रतिबोटको बिमाको रकम किसानले २० प्रतिशत र सरकारले ८० प्रतिशत प्रिमियम तिर्दै आएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - ०८:३६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology