Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बब तालमा ६३ भन्दा बढी प्रजातिका चराको अवलोकन

बब तालमा ६३ भन्दा बढी प्रजातिका चराको अवलोकन

इच्छाकामना न्युज

२४, जेठ २०८२
बब तालमा ६३ भन्दा बढी प्रजातिका चराको अवलोकन

चितवन, जेठ २४ । चितवनको सौराहामा रहेको बर्ड एजुकेसन सोसाइटीले आफ्नो शनिबारको नियमित पंक्षी अवलोकन तथा सिकाइ कार्यक्रम अन्तर्गत खोरसोर क्षेत्रको बब ताल वरिपरी चराको अवलोकन तथा तथ्यांक संकलन गरेको छ।

images

शनिबार बिहानैदेखि सञ्चालन भएको कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष एवं पुतली विज्ञ टेक बहादुर गुरुङ, सचिव प्रकाश चापागाईं, कोषाध्यक्ष चन्द्रमणि गौली, सदस्यहरू रामकृष्ण महतो, सुदेश तामाङ, नवीन चौधरी, उमेश दहाल, राजाराम खनाललगायत सहभागी थिए।

सहभागीहरूले चरासँगै अन्य जैविक विविधताको पनि अवलोकन गरेका थिए। सोसाइटीका सदस्य शीरलाल परियारका अनुसार अवलोकनको क्रममा ६३ भन्दा बढी प्रजातिका चराहरूको पहिचान तथा अभिलेख गरिएको छ।

बर्ड एजुकेसन सोसाइटीले प्रत्येक शनिबार नियमित रूपमा यस्ता अवलोकन कार्यक्रम गर्दै आइरहेको छ, जसले चरा संरक्षण र जैविक विविधता प्रतिको चेतना अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

images
प्रकाशित मिति :जेठ २४, २०८२ शनिवार - २०:४५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology