आँबुखैरेनी, २५ जेष्ठ । नवज्योति भिजन नेपालको चौथो प्रस्तुतिमा रहेको गुरुङ संस्कार, संस्कृति र सामाजिक परिवेशमा निर्माण गरिएको चलचित्र ‘टुहुरी’ को भव्य प्रदर्शन कार्यक्रम तनहुँको आँबुखैरेनी उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको छ।
नवज्योति भिजन नेपाल र तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद् आँबुखैरेनी इकाई समितिको संयुक्त सहकार्यमा सम्पन्न उक्त प्रीमियरमा चलचित्र तीन शोमार्फत प्रदर्शन गरिएको थियो। चलचित्रका वरिष्ठ निर्देशक जनक गुरुङ, प्रबन्ध निर्देशक तथा सह-निर्देशक रबिन गुरुङ, निर्माता खड्का बहादुर गुरुङ र चिजकुमार गुरुङ हुन्। कलाकारहरूमा कुमार घले, सविन गुरुङ लगायत अन्यको अभिनय रहेको छ।
प्रीमियर कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी केही प्रमुख अतिथिहरू: तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद् आँबुखैरेनी इकाई सल्लाहकार: दीपक कोके तमु अध्यक्ष: पूर्ण बहादुर खक्यु तमु कोषाध्यक्ष: रेशम बहादुर तमु सदस्यहरू: देव बहादुर तमु, पबि तमु, लाल बहादुर तमु तमुस्यो ह्युल छोँज धी आँबुखैरेनी इकाई अध्यक्ष: डोल्मा तमु, सचिव: बिरु माया तमु, कोषध्यक्ष: लाल कुमारी तमु नेपाल तमु विद्यार्थी छोंज धी आँबुखैरेनी इकाई अध्यक्ष: अमर बाबू तमु चलचित्र ‘टुहुरी’ ले गुरुङ समुदायभित्रको परम्परा, संस्कृति, सामाजिक मूल्य–मान्यता र समसामयिक यथार्थतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। दर्शकहरूले चलचित्रलाई उत्साहपूर्वक स्वागत गरेका थिए।