Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु

भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु

इच्छाकामना न्युज

२६, जेठ २०८२
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु

भारत । भारतमा कोरोना संक्रमण फैलिने गति कम भएको छैन। कोरोना संक्रमणबाट भारतमा जनवरीयता हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

images

जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जनवरीयता ११ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण पुष्टि भइसकेको छ तर यीमध्ये ५ हजार ५ सय जना निको भइसकेका छन्।

हाल भारतमा सक्रिय संक्रमतिको संख्या ६ हजार १३३ छ। जसमा सबैभन्दा बढी केरला राज्यमा १ हजार ९ सय कोरोनाका बिरामी छन्। भारतको स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका हरेक दिन लगभग ४ सयका दरले कोरोना संक्रमित थपिइरहका छन्।

तर अहिले फैलिरहेको कोरोना भाइरसको भेरिएन्ट त्यति गम्भीर खालको नभएको दाबी भारतका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले दाबी गरेका छन्। उनले भने, ‘हालको भेरिएन्ट ओमिक्रोन भाइरस कोरोना परिवारको हो, तर यो त्यति गम्भीर छैन। हामी सतर्क छौँ र कुनै पनि परिस्थितिलाई नियन्त्रण गर्न सक्छौँ।’

images
प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - ०८:१३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology