भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, ठिमुरास्थित एक घरमा रेलिङ लगाउने क्रममा करेन्ट लागेर एक मजदुर घाइते भएका छन् ।
ठिमुराका गोविन्दबहादुर खत्रीको तीनतले घरमा रेलिङ लगाउने क्रममा फलामको पाइपले विद्युत्को तारमा छुन गई करेन्ट लाग्दा पर्साको पोखरिया–१ घर भई हाल भरतपुर–३ बस्ने २४ वर्षीय रवीन्द्र महतो घाइते भएका हुन् ।
घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।