Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अहमदाबाद विमान दुर्घटना: २४१ जनाको मृत्यु, एकको उपचार हुँदै

अहमदाबाद विमान दुर्घटना: २४१ जनाको मृत्यु, एकको उपचार हुँदै

इच्छाकामना न्युज

३०, जेठ २०८२
अहमदाबाद विमान दुर्घटना: २४१ जनाको मृत्यु, एकको उपचार हुँदै

काठमाडाैं, ३० जेठ । २४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि भएको छ। एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो उडान नम्बर एआई १७१ मा रहेका २४२ जना यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

images

मृतकहरूमा २४१ यात्रु र चालक दलका सदस्यहरू समावेश छन्। केवल एक जना जीवित यात्रुको अस्पतालमा उपचार भइरहेको छ। विमान दुर्घटनामा बाँचेका एक यात्रु भारतीय मूलका बेलायती नागरिक हुन्।

एयर इन्डियाले यात्रुहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक रहेको बताएको छ ।

गुजरातस्थित अहमदाबादमा बिहीबार दिउँसो २४२ यात्रु बोकेर लण्डन जाँदै गरेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

images
प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - ०६:३२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology