Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामनामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने

इच्छाकामनामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने

images

इच्छाकामना न्युज

३१, जेठ २०८२
इच्छाकामनामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने
images

इच्छाकामना । नेपाली कांग्रेस चितवनले ‘सात पालिका सात वाटिका’ कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने भएको छ । आचार्यको १६औँ स्मृति दिवसका अवसरमा पार्टीले इच्छाकामना गाउँपालिकालाई आज पत्र बुझाउँदै उद्यान निर्माणका लागि सार्वजनिक जग्गा माग गरेको छ ।

जिल्ला सभापति राजेश्वर खनालसहित जिल्ला नेतृत्वले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई भेट गरी जग्गा माग गरेको हो । सो अवसरमा गुरुङले सम्भाव्यता अध्ययन गरी पार्टीलाई जग्गा उपलब्ध गराउने आश्वासन दिनु भएको सभापति खनालले जानकारी दिनुभयो । जग्गा प्राप्तिसँगै पार्टीका नेता कार्यकर्ताहरुले श्रमदान गरी स्व आचार्यको नाममा उद्यान निर्माण गर्ने छन् ।

यसअघि पार्टीले गत असोज २ गते माडी नगरपालिका–५ मा गणेशमान सिंह स्मृति उद्यान निर्माणको थालनी गरेको थियो । नेपाली कांग्रेस चितवनले विसं २०८० भदौ २४ गते जिल्ला सम्मेलनका क्रममा जिल्लाका सात पालिकामा लोकतन्त्रमा योगदान पु¥याएका पार्टीका शीर्ष नेताहरुको नाउँमा वाटिका निर्माण गर्ने निर्णय गरेअनुसार वाटिका निर्माण थालिएको हो । भरतपुरमा यसअघि नै रहेको वीपी शान्ति नगर वनलाई व्यवस्थित गर्ने, राप्तीमा गिरिजाप्रसाद कोइराला स्मृति उद्यान बनाउने, खैरहनीमा शुवर्ण शम्शेर, रत्ननगरमा सुशील कोइराला र कालिका नगरपालिकामा कृष्णप्रसाद भट्टराई स्मृति उद्यान निर्माण गर्न लागिएको सभापति खनालले जानकारी दिनुभयो ।

यस वर्ष माडी, इच्छाकामना र कालिका नगरपालिकामा पार्क बनाइँदै छ भने आउँदो वर्ष खैरहनी, रत्ननगर र राप्तीमा पार्क निर्माण गर्ने योजना रहेको सभापति खनालले बताउनुभयो । निर्माण गरिएका पार्कहरुको व्यवस्थापन पार्टीले निर्माण गरेको सामाजिक संस्था सान्दाजु स्मृति प्रतिष्ठानले गर्नेछ । सामाजिक क्षेत्रमा काम गर्दा पार्टीभन्दा सामाजिक संस्थामार्फत गर्न उपयुक्त हुने भएकाले सोहीअनुसार काम गर्न लागिएको हो ।रासस

images
प्रकाशित मिति :जेठ ३१, २०८२ शनिवार - ०८:१९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology