Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

युवतीको अश्लील भिडिओ बनाई आफन्तलाई पठाउने दुई युवक पक्राउ

युवतीको अश्लील भिडिओ बनाई आफन्तलाई पठाउने दुई युवक पक्राउ

images

इच्छाकामना न्युज

१, आषाढ २०८२
युवतीको अश्लील भिडिओ बनाई आफन्तलाई पठाउने दुई युवक पक्राउ
images

संखुवासभा । संखुवासभा प्रहरीले आपराधिक लाभ तथा विद्युतीय अपराध (साइबर क्राइम) कसुर आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २२ वर्षीय विपल राई छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार संखुवासभाकी एक युवतीको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएर चरित्र हत्याको प्रयास गरेका थिए ।

उनीहरूले आफूले भनेअनुसार नगरे त्यो भिडियो तथा तस्बिरहरू सार्वजनिक गर्ने धम्की समेत दिएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

युवतीको उजुरीको आधारमा अनुसन्धान अघि बढाउँदा घटनामा संलग्न भएका प्रमाण फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनीहरूलाई प्रहरीले संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - १०:०९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology