Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

इच्छाकामना न्युज

१, आषाढ २०८२
केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा पनि छन्।

images

देहरादूनबाट केदारनाथ जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह एक्समा लेखेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दु:खद खबर प्राप्त भएको छ।’

उनका अनुसार अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टर नोडल अधिकारी राहुल चौबे र जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले नेपाली मूलका महिलाहरूले दुर्घटनाको बारेमा रिपोर्ट गरेको जानकारी दिए।

दुर्घटनाको समयमा, उनीहरू गौरीकुण्डमाथि घाँस काटिरहेका थिए र उनीहरूले दुर्घटना देखेपछि तुरुन्तै प्रहरीलाई फोनमार्फत जानकारी गराएका थिए।

images
प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - १०:११:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology