Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

फोटोपत्रकार मिलन तमुलाई रश्मोर बरोको कम्युनिटी अवार्ड

फोटोपत्रकार मिलन तमुलाई रश्मोर बरोको कम्युनिटी अवार्ड

images

इच्छाकामना न्युज

१, आषाढ २०८२
फोटोपत्रकार मिलन तमुलाई रश्मोर बरोको कम्युनिटी अवार्ड
images

लन्डन । गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु (मिलनध्वज गुरुङ) ‘प्राइड अफ रश्मोर कम्युनिटी अवार्ड’ बाट सम्मानित भएका छन्।

फानबोरोस्थित भिलेज होटलमा शुक्रबार आयोजित समारोहमा प्राइड अफ रश्मोर कम्युनिटी अवार्ड संस्थापक तथा रस्मोर बोरो काउन्सिल निवर्तमान मेयर मारा माकुनुराले कला र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै पूर्व गोर्खासमेत रहेका तमुलाई अवार्ड प्रदान गरेकी हुन् ।

अवार्ड ग्रहणपछि पत्रकार तमुले यसरी नेपालीहरु पनि प्राइड अफ रश्मोर कम्युनिटी अवार्डमा सहभागी हुन पाउँदा अत्यन्तै खुशी र गौरव लागेको प्रतिक्रिया दिए। उनले भने- ‘सरप्राइज्ड र प्राउड फिल भयो ।’ उनले आफ्नो कामलाई कदर गर्ने निर्णायक अनि अवार्ड संस्थापक माकानुरासहित सबैलाई धन्यवाद दिए । अवार्ड प्राप्त गर्ने तमु बेलायतको नेपाली समुदायमा कहलिएका फोटो पत्रकार हुन्।

सैनिक सेवादेखि नै फोटोग्राफीमा लागेका तमुले अहिले सञ्चालन गरेको न्यूज पोर्टल गोर्खा मिडिया डटकम लोकप्रिय छ । कास्की रिवानमा जन्मिएका तमु रिटायर्ड लाइफमा हाल बेलायतमा नेपाल पत्रकार महासंघ यूके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेसहित विभिन्न संघ संस्थामा आबद्ध छन् ।

images
प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - २२:४४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology