Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

इच्छाकामना न्युज

७, आषाढ २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । रेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । यस वर्ष ‘योगा फोर वन अर्थ, वन हेल्थ’ अर्थात ‘सिँगो  पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ ।

images

योग केवल शारीरिक तन्दुरुस्ती वा मानसिक शान्तताको लागि मात्र नभई समग्र जीवनशैली हो । यसले मानव, प्रकृति र सबै जीवित प्रणालीहरू बीच सद्भाव बढाउँछ ।

योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।
योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणमा महत्त्व दिने योग गुरुको भनाइ छ । नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - ०७:४९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology