Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित सात जनाको मृत्यु

चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित सात जनाको मृत्यु

images

इच्छाकामना न्युज

७, आषाढ २०८२
चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित सात जनाको मृत्यु
images

चितवन । चितवनको राप्ती नगरपालिका–४ खहरेपुल स्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

आज बिहान १०ः१५ बजेको समयमा धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश१–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी आपसमा ठोक्किएका थिए । थप विवरण आउँदै । भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा पाँच जना र पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।

भरतपुरमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ बस्ने वर्ष ५५ को सोम प्रसाद रुपाखेती, हेटौंडा–५ बस्ने वर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी, हाल नामथर वतन नखुलेको अन्दाजी १९ की महिला, हाल नामथर वतन नखुलेकी अन्दाजी वर्ष २५ की महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष २३ को पुरुष रहेका छन् ।

पुरानो मेडिकल कलेजमा मृत्यु हुनेमा नामथर वतन नखुलेकी अन्दाजी वर्ष ३५ की गर्भवती महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ४० को पुरुष व्यक्ति रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - १२:१४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology