Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सर्लाहीमा सडक विस्तारको विषयमा झडप हुँदा इन्सपेक्टरसहित १० घाइते

सर्लाहीमा सडक विस्तारको विषयमा झडप हुँदा इन्सपेक्टरसहित १० घाइते

इच्छाकामना न्युज

७, आषाढ २०८२
सर्लाहीमा सडक विस्तारको विषयमा झडप हुँदा इन्सपेक्टरसहित १० घाइते

रौतहट । सर्लाहीमा सडक विस्तारको विषयमा विवाद हुँदा २ पक्षबीच झडप भएको छ । झडपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १० जना घाइते भएका छन् भने प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको छ ।

images

आफ्नो जग्गा बढी मिचिएको भन्दै गएको बिहीबार १ जना महिलाले बरहथवा नगरपालिका–४ खैराटोलमा ढलान भइरहेको सडकमा आएर बिरोध गरेपछि गाउँले हटाएका थिए । सोही दिनदेखि बढ्दै गएको विवाद बिहान भने झडपमा परिणत भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडप नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीवाकर गणेश र वरिष्ठ हवल्दार प्रमेश्वर राय यादव घाइते भएका छन् । सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ ।

झडपमा ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उनकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरू २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र बरहथवा नगरपालिका–१४, का ३५ वर्षीय सञ्जय कुशवाहा घाइते भएको उनले जानकारी दिए ।

झडपमा घाइते भएकाको उपचार बरहथवास्थित सरकारी अस्पतालमा भइरहेको छ । झडपको विषयमा सोधपुछ गर्न प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । अहिले स्थिति नियन्त्रणमा रहेको र अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - १६:३०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology