Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चैते धान थन्क्याएर असारे धान रोप्ने चटारोमा तनहुँका किसान

चैते धान थन्क्याएर असारे धान रोप्ने चटारोमा तनहुँका किसान

इच्छाकामना न्युज

८, आषाढ २०८२
चैते धान थन्क्याएर असारे धान रोप्ने चटारोमा तनहुँका किसान

तनहुँ । तनहुँ जिल्लाका किसान चैते धानखेती भित्र्याउने चटारोमा छन्। दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ। तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ। 

images

जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ। जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ। व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ। भानु, व्यास, म्याग्दे, आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको छ। 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार जिल्लाका नौ हजार ४६४ हेक्टरमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टरमा चैते धानखेती हुँदै आएको छ। मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन्। चैते धान थन्क्याउनासाथ असारे धान (बर्खे धान) रोप्ने चटारो हुन्छ। जिल्लाका चैते धानखेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याननभ्याइ छ।
मनसुन सुरु हुनासाथ बर्खे धानमात्र हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको अधिकृत परियारले बताए। तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ। उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०-८१ मा ३७ हजार ९४२ मेट्रिक टन धान उत्पादन भएको छ। त्यसमध्ये आठ हजार ७०४ मेट्रिक टन चैते धान उत्पादन भएको छ। 

चैते धान पवर्द्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएका  अधिकृत परियारले बताए। थन्क्याउने कार्य चलिरहेकाले चालु आवको तथ्याङ्क आउन बाँकी रहेको छ। उनले भने, ‘सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।’ 

भानुको चुँदी, खहरे, सतीघाट फाँट, व्यासको घाँसीकुवा, साँगे, कलेस्ती, माझ, गजौडे, सिसाघाट फाँट, म्याग्देको गुणादी, थर्पु, पसले, सेरा फाँट, शुक्लागण्डकीको ढोरफिर्दी फाँट, भिमादको बुडुवा फाँटलगायत विभिन्न पालिकाका फाँटमा धानखेती हुने गरेको छ। चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोगी हुने गरेको ज्ञान केन्द्रले जनाएको छ। 

images
प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - १०:३४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology