Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

एकै परिवारका तीन जना बेपत्ता

एकै परिवारका तीन जना बेपत्ता

images

इच्छाकामना न्युज

१३, आषाढ २०८२
एकै परिवारका तीन जना बेपत्ता
images

हुम्ला, असार १३ गते । भारतको हिमाञ्चल प्रदेशको सिमलामा रोजगारीका लागी बस्दै आएका हुम्लाका एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अदानचुली गाउँपालिका–६, पाल्सका एक महिला र उहाँका दुई सन्तान बेपत्ता भएका हुन् । उनीहरू चार दिनदेखि बेपत्ता छन् । हुम्लाको अदानचुली गाउँपालिका–६, पाल्स गाउँकी २२ वर्षीय मङ्गली लोहार टमाटा र उहाँका दुई छोरा सात वर्षका सौरभ लोहार र तीन वर्षका सुभाष लोहार असार ८ गते आइतबार बिहान ७:३० बजे डेराबाट सम्पर्कविहीन भएको श्रीमान् मेलेबहादुर लुहारले बताउनुभयो । 

श्रीमान् मेलेका अनुसार मङ्गली त्यस दिन दुई छोराहरू लिएर एकछिन बाहिर जान्छु भनेर घरबाट निस्केको अहिलेसम्म फर्किनुभएको छैन । हालसम्म उनीहरूको अवस्था अज्ञात छ र खोजी कार्य जारी रहेको जनाइएको छ । बेपत्ताको खोजीका लागी नेपालमा रहेका मङ्गलीका देवर हर्कलाल लोहारले सबैमा सहयोगको अपिल गर्नुभएको छ । मङ्गलीसहित उहाँका दुई छोरालाई भेट्नु हुने जो कोहिले पनि हर्कलाल लोहारसँग सम्पर्क गर्न देवर लोहारले आग्रह गर्नुभएको छ । उक्त परिवार सात महिनाअघि रोजगारीका लागि भारत गएको थियो । श्रीमान् लोहार सिमलामै रहनुभएको छ ।    

images
प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - ०९:३४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology