मकर - Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजाेरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। जिम्मेवारीले थप व्यस्त बनाउन सक्छ। परिस्थितिवश आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ। श्रम परे पनि राेकिएकाे कामले गति लिनेछ, प्रयत्न गर्नुहाेला।