कुवेत ।नेपाल पत्रकार महासंघ वैदेशिक १६ औं स्थापना दिवसको अवसरमा माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार सुरेश गुरुङ सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १४ औं स्थापना दिवसको अवसर दिवगंत पत्रकार तथा शाखाका सदस्य माधव शाहीको स्मृतिमा सुरुवात गरिएको यस पुरस्कारबाट गुरुङ सम्मानित भएका हुन्।
स्थापना कालिन समय देखि नै कुवेतको समाजमा सक्रिय भइ पत्रकारीतामा सक्रिय रहेका गुरुङ विशेष गरि फोटो पत्रकारका रुपमा परिचित रहेका छन्। आफ्नो कलम र फोटोहरु मार्फत कुवेतका समाजलाई सुसूचित गर्न सक्रिय रहेका गुरुङ माधव शाही स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने तेस्रो पत्रकार हुन्।
हरेक बर्ष स्थापना दिवसको अवसरमा सो पुरस्करलाई कुवेत सक्रिय परोपकारी पत्रकारिता गर्ने मध्यबाट एक जना सम्मानित हुने गरेको छ । संरक्षक जय आले मगरको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति बनाई छनौट गरिएको थियो । जय आले मगरको संयोजकत्वमा सल्लाहकार आनन्द आचार्य र अध्यक्ष एकराज मल्ल सदस्य रहेका थिए ।
गएको बर्षहरूको पुरस्कारहरु हरि बानियाँ र आनन्द आचार्यलाई प्रदान गरिएको थियो ।