Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चार दिनदेखि भरतपुर यातायात कार्यालयको सर्भर डाउन, सेवाग्राही मर्कामा

चार दिनदेखि भरतपुर यातायात कार्यालयको सर्भर डाउन, सेवाग्राही मर्कामा

images

इच्छाकामना न्युज

२३, आषाढ २०८२
चार दिनदेखि भरतपुर यातायात कार्यालयको सर्भर डाउन, सेवाग्राही मर्कामा
images

चितवन, असार २३ – भरतपुरस्थित यातायात व्यवस्था कार्यालयको सर्भर चार दिनदेखि ठप्प हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन्। बिहीबारदेखि सर्भरमा समस्या आएको हो भने सोमबार पनि केहीबेर चलेपछि पुनः बन्द भएको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलका अनुसार सर्भरको समस्या केवल भरतपुरमा मात्रै नभई देशभरका यातायात कार्यालयमा देखिएको छ। "आइतबार सर्भर चलेको थियो तर सोमबार बिहान केही समय चलेर फेरि डाउन भयो," पौडेलले जानकारी दिए।

उनका अनुसार कार्यालय प्रदेश सरकार अन्तर्गत भए पनि सर्भरको जिम्मा संघ सरकारको भएकाले मर्मत तथा समस्या समाधानमा ढिलाइ भइरहेको छ। सर्भर नचल्दा सवारी दर्ता, सवारी चालक अनुमतिपत्र वितरण, नविकरण लगायतका नियमित सेवा अवरुद्ध छन्।

सेवाग्राहीहरू दिनहुँ कार्यालय पुगे पनि काम नहुँदा हैरानी बेहोर्नु परेको गुनासो गरिरहेका छन्। कतिपय सेवाग्राही टाढाटाढाबाट आएर सेवाबाट वञ्चित भइरहेका छन्।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - १४:१६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology