Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

पत्रकार महासंघ चितवनद्वारा आचारसंहिता पालन गर्न आह्वान

पत्रकार महासंघ चितवनद्वारा आचारसंहिता पालन गर्न आह्वान

images

इच्छाकामना न्युज

२३, आषाढ २०८२
पत्रकार महासंघ चितवनद्वारा आचारसंहिता पालन गर्न आह्वान
images

चितवन, असार २३ । नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाभरका सञ्चारमाध्यम तथा पत्रकारहरूलाई पत्रकार आचारसंहिता कडाइका साथ पालन गर्न आग्रह गरेको छ। पछिल्लो समय चितवनमा आचारसंहिताविपरीत समाचार प्रकाशन तथा प्रसारण भएको भन्दै महासंघमा मौखिक गुनासोहरू बढ्न थालेपछि महासंघले यस्तो आग्रह गरेको हो।

महासंघका सचिव राजेश घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पछिल्ला दिनमा आचारसंहिता विपरीत भएका गतिविधिहरूको विषयमा पत्रकार महासंघ जिल्ला शाखामा मौखिक गुनासोहरू आउन थालेका छन्। तसर्थ पत्रकार तथा सम्बद्ध संस्थाहरुलाई पत्रकार आचारसंहिताको पुनः स्मरण गराउँदै कुनै गुनासो भएमा पत्रकार महासंघ चितवन शाखाको उजुरी पेटिका वा इमेलमा उजुरी गर्न सम्बन्धित सबैमा आह्वान गर्दछौं।”

घिमिरेले विज्ञप्तिमार्फत चितवनमा आचारसंहिताविपरीत पत्रकारिता अभ्यास भइरहेकामा गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सञ्चारकर्मीहरूलाई थप जिम्मेवार, मर्यादित र पेशागत पत्रकारिताको अभ्यास गर्न समेत आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गतको पत्रकार आचारसंहिता ले पत्रकारिता पेशालाई उच्च, मर्यादित, जवाफदेही र उत्तरदायी बनाउन कानुनी तथा नैतिक आधार प्रदान गर्ने उल्लेख गर्दै महासंघले पत्रकार तथा सञ्चारगृहहरूलाई ती कर्तव्यहरू पालना गर्न विशेष ध्यान दिन आग्रह गरेको छ।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - १४:४७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology