चितवन । माडी नगर क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरु मध्ये चितवन सक्रिय महिला प्रतिष्ठानलाई उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले उत्कृष्ट सामाजिक संस्थाका रुपमा सो संस्थालाई कदरपत्र प्रदान गर्नुभयो ।