Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनको कुमरोज सामुदायिक वनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

चितवनको कुमरोज सामुदायिक वनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

images

इच्छाकामना न्युज

२७, आषाढ २०८२
चितवनको कुमरोज सामुदायिक वनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु
images

चितवन । चितवन जिल्लाको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज बिहान करिब ७ बजे घाँस काट्न जंगल गएका ६८ वर्षीय पदमबहादुर राना मगर बेपत्ता भएका थिए। उहाँ अन्य तीन जनासँगै वन प्रवेश गर्नुभएको थियो। अन्य व्यक्तिहरू सम्पर्कमा आए पनि मगर लामो समयसम्म सम्पर्कमा नरहेपछि खोजी कार्य सुरु गरिएको थियो।

दिउँसो करिब २:४० बजे खोजीका क्रममा उनको शव जंगलको भित्री भागमा बाघले आक्रमण गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो। शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

प्राकृतिक वन्यजन्तुको क्षेत्र भएकोले सामुदायिक वन क्षेत्रमा सावधानीपूर्वक प्रवेश गर्न सुरक्षा निकायले आग्रह गरेको छ।

images
प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - १८:३२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology